भियतनाममा पहिरोमा परी ११ सैनिकको मृत्यु, ११ बेपत्ता
एजेन्सी । मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म जलमग्न पारेको छ । भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा परी यो सातामा कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ ।
कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा चट्टानको वर्षा भएको छ र २२ सैनिकहरूलाई पहिरोले पुरेको बताइएको छ । पहिरोमा परेका ११ सैनिकको मृत शरीर पहिरोबाट निकालिएको छ भने बाँकी अन्यको खोजी भइरहेको छ, एक सरकारी वेबसाइटमा उल्लेख गरिएको छ ।
“बिहान २ बजेदेखि त्यहाँ चारदेखि पाँच पहिरो गएका थिए भने घटनास्थलमा बम जस्तै विस्फोट भएको, पूरै पहाड भत्किरहेको जस्तो आवाजसहित र विशाल चट्टान खसेर सैनिकका व्यारेक पुरेको छ,” स्थानीय अधिकारी हा न्गोक डुयङगले सञ्चारकर्मीलाई बताए ।
सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जानसक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताएका छन् । कम्बोडिया र भियतनाममा पछिल्लो साता व्यापक वर्षा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके
-
राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ