पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले
एजेन्सी । पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् । रिपोर्टकाअनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित हाफिज सेन्टर नामको बहुमंजिला प्लाजाको दोस्रो तल्लामा आगलागी भएको हो ।
समाचार तयार पार्दासम्ममा उद्धार टोली तथा तथा अग्नि नियन्त्रण अधिकारीहरू घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका थिए । उद्धारकर्मीहरूले सञ्चारमाध्यमलाई जनाएअनुसार आगलागी भवनको दोस्रो तल्लाका पसलहरूबाट सुरु भै अन्य तलामा फैलिएको थियो । उक्त तलामा ल्यापटप, मोबाइल फोन र अन्य इलेक्ट्रोनिक सामानहरू राखिएको थियो ।
टोलीले भवनको छानामा सहयोगको लागि याचना गरिरहेका मानिसहरूलाई उद्धार गरिरहेको छ । प्राप्त जानकारीअनुसार करीब ६० अग्नि नियन्त्रकले स्थानीयको सहयोगमा उद्धारका लागि खटिरहेका र थप टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ ।
पसलमा विद्युत चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । ल्यापटप र मोबाइल फोनलगायतका इलेक्ट्रोनिक उपकरणहरू जल्दा आगो तीव्रत फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध