प्रदेश नं २ः मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित
आइतबार, ०२ कात्तिक २०७७, २२ : २०
धनुषा । प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित भएको हो ।
विधेयक पारित भएसँंगै प्रदेश नं २ सरकारलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ । विधेयकमा हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठानअन्तर्गत राखिने छ । प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
-
दुई जनाको मृत्यु भएको कोठाभित्र रोइरहेकी थिइन् साढे २ वर्षकी बालिका
-
जर्मनीको फ्रयाङ्कफर्टमा रन्जुको एकल चित्रकला प्रदर्शनी
-
दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो : सांसद पौडेल
-
नेपालमा कतारी राजाको भव्य स्वागत, तस्बिरहरू
-
कतारी राजाको नेपाल भ्रमण (लाइभ)