मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पोखरालाई चीनको कुनमिङबाट स्वास्थ्य सामग्री सहयोग

आइतबार, ०२ कात्तिक २०७७, २१ : ५०
आइतबार, ०२ कात्तिक २०७७

पोखरा महानगरपालिकालाई चीनको भगिनी शहर कुनमिङले स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल चीन जनमैत्री सङ्घ पोखराका अध्यक्ष विश्वशङ्कर पलिखेले उक्त सामग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त रुपमा हस्तान्तरण गरे । 

कुनमिङले २० हजार थान सर्जिकल मास्क, दुई हजार थान केएन ९५ मास्क, सात सय ५० थान पिपिई  र चार सय थान थर्ममिटर सहयोग गरेको छ । पोखरा महानगरका प्रमुख  जिसीले कोभिड –१९ को महामारीमा भगिनी सम्बन्ध रहेको शहरबाट प्राप्त सहयोग निकै महत्वपूर्ण हुने बताए । 


कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामग्री सहयोग पठाएको थियो ।  कुनमिङले रु ३१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको पोखरा महानगरपालिका, वैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिल्सिनाले बताए ।

भगिनी सम्बन्ध जोडिएका चीनका लिञ्जी र  ग्वाङ्झाओबाट समेत गत जेठमा रु एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको थियो ।

कुनमिङसंँग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्बन्ध स्थापना गरेको थियो । हालसम्म महानगरले १३  देशसँग मितेरी सम्बन्ध स्थापना गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप