शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलारीमा बिओपी स्थापना

आइतबार, ०२ कात्तिक २०७७, २१ : २७
आइतबार, ०२ कात्तिक २०७७

कैलारी गाउँपालिका –५ छोटीपलियामा आज सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी (बिओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरअन्तर्गत स्थापित बिओपीको आज सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकी र कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । 

उद्घाटनका क्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथोकीले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध  निकासीपैठारी नियन्त्रणमा बिओपीको प्रमुख भूमिका रहेको बताए ।  

सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले बिओपीको स्थापनाले सीमा सुरक्षा एवं सीमा इलाकामा बसोबास गर्ने नागरिकमा सुरक्षाको सुनिश्चितता हुने उल्लेख गरे ।


भारतसंँग सिमाना रहेका कैलालीका सीमा इलाकाम अझै बिओपी सङ्ख्या थप गर्ने योजना रहेको बताइएको छ । बिओपी स्थापनापछि सीमा क्षेत्रमा थप सुरक्षा कायम हुने र चोरी तस्करी नियन्त्रण हुने विश्वास लिइएको छ ।


एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा योलगायत बिओपी १२ पुगेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप