शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं २ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान  विधेयक पारित

आइतबार, ०२ कात्तिक २०७७, २१ : २२
आइतबार, ०२ कात्तिक २०७७

प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ । सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक  सर्वसम्मतबाट पारित भएको हो । 

विधेयक पारित भएसँंगै प्रदेश नं  २ सरकारलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ ।

विधेयकमा हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठानअन्तर्गत राखिने छ ।   प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप