नविल बैंकको त्यो भिडियो जसले छोयो नेपालीको मन

काठमाडौं । कहिलेकाहीँ यस्तो पनि भइदिन्छ कि सामान्य सोचका साथ गरिएको कार्यले नसोचेको उपलब्धि हात लाग्छ । अनि त्यहीँ उपलब्धिले वर्षौ वर्षसम्म हासिल गर्न नसकिएकोे सफलता एकैपटक प्राप्त गर्न सकिन्छ । हो, त्यहि नसोचेको उपलब्धि अहिले नबिल बैंकले प्राप्त गर्दैछ ।
कोभिड–१९ को तिब्र संक्रमणकै बीच दशैं–तिहारलाई लिएर बैंकले डिजिटल कारोबारलाई सहयोग पुग्ने गरी आफ्नो कार्डको विज्ञापनमुलक भिडियो बनाएको थियो । सो भिडियोलाई आम दर्शकले कोभिड–१९ को महामारीको सम्बन्धमा बनाइएको चेतनामुलक भिडियोको रुपमा बुझ्दा निकै लोकप्रिय बनेको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भएको छ ।
व्यवसायिक प्रयोजनका लागि बनाइएको सो भिडियोमा रहेको चेतनामुलक सन्देश नै भाइरल भएपछि बैंकका आधिकारीहरु समेत दंग परेका छन् । ‘हामीलाई यतिसम्म होला भन्ने लागेको थिएन । तर भिडियो भाइरल भइदियो । जुन भिडियोलाई लिएर अहिले सर्वसाधारणबाट राम्रो प्रतिक्रियाहरु आइरहेका छन् । यसले हामीलाई थप उत्साहित बनाएको छ’ बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले भने ।
हेर्नुहोस् यस्तो भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै