शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कृषकहरुलाई कृषि ऋण प्रदान गर्न एभरेष्ट बैंकले गर्यो पाँचखाल नगरपालिकासँग सम्झौता

आइतबार, ०२ कात्तिक २०७७, १८ : ३५
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काभ्रेको पाँचखाल नगरपालिकासँग कृषकहरुलाई कृषि ऋण प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । 

सम्झौताअन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ । 

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बीच हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप