बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकका ग्राहकले सामसङ मोबाइल खरिदमा विशेष छुट पाउने

आइतबार, ०२ कात्तिक २०७७, १७ : ५५
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं । एनएमबि बैंक र आइएमएस बीच एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आइएमएसका प्रबन्धक– सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरे ।

यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस भन्ने उद्देश्यकासाथ आइएमएसले यो अभियान सुरु गरिएको हो । 

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफरअन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरीदमा १०∞ छुट वा रु १,००० सम्म नगद फिर्ता पाउन सक्नेछन् । 

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप