बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडसँग लडने क्षमता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

आइतबार, ०२ कात्तिक २०७७, १६ : २९
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं । कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन् ।

आयुर्वेदिक चिकित्सक डा.ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने छ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनले सुझाव दिएका छन् । 

त्यस्तै बोइलर कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन् । बोइलर कुखुरामा धेरै एन्टिबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाई छ । त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे ।

दिनको एक दुईवटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रोगब्याधी कम गराउने उनले बताए । त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले सुझाव दिएका छन् । सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्ने गरी खान पनि उनको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागती लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए ।

त्यसबाहेक नियमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने उनको भनाई छ । योगा, खानपिन, आयुरर्वेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए । भाइरोलोजिस्ट डा.बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने उनले बताए । घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा जोड दिए । खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा.मरासिनीको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप