बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खसी-बोका किनबेचमा मध्यस्तता गर्दै ‘हाम्रो सहकारी’, यसपाली दशैंका लागि खसी बजार नलाग्ने

आइतबार, ०२ कात्तिक २०७७, १६ : १९
आइतबार, ०२ कात्तिक २०७७

नुवाकोट । हाम्रो सहकारी संस्था लि.विदुर ७ ले यसपाली दशैं विशेष खसी बजार मेला आयोजना नगर्ने भएको छ । वर्षेनी हिन्दु धर्मालम्बीहरुको महान चाड वडा दशैंको अवसरमा वृहत्त ‘खसी बजार मेला’ को आयोजना गर्दै आएको सहकारीले यसपाली कोभिड–१९ को प्रभाव बजार नलगाउने भएको हो । 

कोभिड–१९ को प्रभाव सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसपटक बजार नलगाउने मनस्थिति बनाएको सहकारीका व्यवस्थापक प्रदिप अधिकारीले रातोपाटीलाई जानकारी दिए । बरु यसपटक उत्पादक कृषक र उपभोक्ताबीच सहकारीले मध्यस्तताको भूमिका निभाउने व्यवस्थापक अधिकारीले बताए ।

‘गत वर्षहरुमा जस्तो यसपाली दशैं विशेष खसिबोका बजार लगाउने हाम्रो योजना छैन । कोभिड–१९ को प्रभाव यसपालि अनावश्यक भीडभाड गर्ने र सामूहिक व्यापार व्यवसाय गर्ने समय पनि छैन ।’ व्यवस्थापक अधिकारीले भने, ‘बरु यसपटक हामीले सम्पर्कमा रहेका सम्बन्धित उत्पादक कृषकहरुको घरमै ग्राहक (उपभोक्ता)पठाइदिने व्यवस्था मिलाएका छौं ।’ 

सामूहिक नभएपनि खसीबोका खरिद–बिक्रीका लागि स्वयम कृषकको घरमा ग्राहक पुर्याउने गरी हामीले समन्वयकारी भूमिका खेलेका छौं’ अधिकारीले भने । त्यसो त हाम्रो सहकारीले वर्षेनी स्थानीय कृषकहरुले उत्पादन गरेका खसी बोकाको सामूहिक रुपमा किनबेचका लागि बजारको व्यवस्था गर्दै आएको थियो ।

यसका लागि सहकारीले नै खसी बोकाको आधारभूत मूल्य निर्धारण समेत गर्ने गरेको थियो । तर यसपटक कोभिडका कारण कृषकको घरघर, गोठ–गोठबाटै किनबेच हुने हुँदा सहकारीले कुनै मूल्य निर्धारण नगरेको व्यवस्थापक अधिकारीको भनाई छ ।

गत वर्ष सहकारीले स्थानीय खसी बोकाको मूल्य प्रतिकेजी ५५० देखि अधिकतम ६०० रुपैयाँसम्म तोकिएको थियो । स्थानीय कृषक, खसी–बोका व्यवसायी र सहकारीका प्रतिनिधिहरु बसेर निर्धारण गरिएको मूल्यमा २० किलोग्राम (केजी) भन्दा कम तौलका खसीबोका मूल्य प्रतिकेजी ५५० रुपैयाँ र सो भन्दा माथि ५/५ केजीको अन्तरालमा प्रतिकेजी १० रुपैयाँका दरले बढि मूल्य निर्धारण गरेको थियो । तर यसपटक सामान्य खसीबोकाकै मूल्य प्रतिकेजी ६०० रुपैयाँभन्दा बढी पर्ने भएकाले यसपालि गत वर्षभन्दा मूल्य केही बढ्न सक्ने अधिकारीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप