भीम रावलले फिर्ता गरे दसैँ भत्ता
नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलले दसैँ भत्ता वापतको रकम फिर्ता गरेका छन् । उनले संघीय संसद सचिवालयलाई आइतबार एक पत्र लेख्दै आफूले प्राप्त गरेको दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।
उनले आफ्नो खातामा जम्मा भइसकेको रकम फिर्ता लिन संघीय संसद सचिवालयलाई कठिनाइ हुने भए भत्ता वापतको रकम चेक लिएर वा आफ्नो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टा गर्न अनुरोध गरेका छन् ।
‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठीनाइ हुने भएमा भत्ता बराबरको मबाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलाई सहज हुन्छ सोही अनुरुप गर्नुहोला’, रावलको निवेदनमा भनिएको छ ।
रावलले देशमा कोरोना महामारीको कारण उत्पन्न विषय परिस्थिति तथा आर्थिक कठिनाइमा रहेको बेला जनप्रतिनिधिहरुका लागि दसैँ भत्ता वापतको रकम उपलब्ध नगराउनेबारे नीतिगत निर्णय नै हुनुपर्ने भएपनि त्यसो नहुँदा भत्ता वितरण भएको उनको भनाइ छ ।
कोरोना महामारीका बीच सांसदहरुलाई भत्ता वितरण गरिएको खुलासा भएपछि यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल