अस्पतालले फर्काइदियो, होम आइसोलेशनमा मृत्यु
आइतबार, ०२ कात्तिक २०७७, १५ : ३२
सुनसरी । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन् ।
शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना नगरिएपछि घर फर्काइएको केही समयपछि ८३ वर्षीया उनको मृत्यु भएको धरान –१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । उनलाई दुई दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।
अहिले प्रतिष्ठानमा शय्या अभाव भएको जनाई सङ्क्रमितलाई भर्ना लिन छाडिएको छ । भेन्टिलेटर भएको १० शय्या भए पनि ६ वटाले काम गरेका छैनन् । वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)