शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्व भर्चुअल तेक्वान्दोमा नेपाली खेलाडीलाई ४ स्वर्ण र ३ रजत

आइतबार, ०२ कात्तिक २०७७, १५ : १५
आइतबार, ०२ कात्तिक २०७७

२०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले ४ स्वर्ण र ३ रजत जितेका छन् । प्रतियोगितामा भिजन तामाङले पुरुष १२ वर्ष उमेरसमुहमा स्वर्ण जिते, उनले ६.७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसंगै समान ६.७६ अंक जोडेपनि महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । प्रेजेन्टेसनका आधारमा महेश पछि परेका हुन् । प्रेजेन्टेसनमा भिजनले ३.८३ तथा महेशले ३.८० अंक जोडे ।

युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्षमुनि विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । उनले ६.३० अंक बटुले । सोही स्पर्धाको महिलामा ६.६३ अंकसाथ मेलिना राईले शीर्ष स्थान हात पारिन् । ६.३६ अंकसाथ प्रगति कुइकेल दोश्रो भइन् । पुरुष १४ वर्षमा ६.०६ अंक जोड्दै प्रजुन कुइकेल पहिलो भए । पुरुष १२–१४ वर्षमा आयुश ढुंगेल दोश्रो भए । उनले ५.९३ अंक ल्याए ।

एनटीएबाट ९ खेलाडी सहभागी भएकोमा ७ जनाले पदक जिते भने बाँकी २ पदकविहीन रहे । सबै खेलाडीले पुम्सेको जुनियरतर्फ प्रतिस्पर्धा गरेका थिए । आयुश बोहरा र प्रशन्न पुडासैनी दुवैले यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए । ६.२६ अंकमा प्रशन्न पाँचौं तथा ५.९० अंकमा आयुश छैटौं भए ।

प्रतियोगितामा एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अक्टोबर १७ र १८ तारिखमा भएको प्रतियोगितामा एसियाली महादेशबाटै निर्णायकको भूमिका निर्वाह गर्ने खड्का एक्लो निर्णायक हुन् । प्रतियोगितामा सहभागी एनटीएका सबै खेलाडीको दर्ता शुल्क पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव रिक्की सिनले प्रायोजन गरेका थिए । प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप