शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रोजन फुडको बाहिरी सतहमा पनि भेटियो कोरोना, वैज्ञानिक चिन्तित

आइतबार, ०२ कात्तिक २०७७, १५ : ११
आइतबार, ०२ कात्तिक २०७७

चीनको स्वास्थ विभागले फ्रोजन समुन्द्री माछाको प्याकेटको बाहिरी सतहमा जीवित कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ । क्विंगदाओ बन्दरगाह शहरमा आयातित प्याकेटमा माछा भेटिएपछि वैज्ञानिकहरु चिन्तित छन् । शनिबार चीनको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसी) ले विज्ञप्ति जारी गर्दै फ्रोजन खाद्य प्याकेटको बाहिरी सतहमा जीवित अवस्थामा कोरोना भेटिएको यो पहिलो घटना रहेको जनाएको छ । 

गत जुलाईमा प्याकेट र कन्टेनरका भित्री हिस्सामा कोरोना भाइरस भेटिएपछि चीनले केही समयका लागि प्याक गरिएका समुन्द्री खानाको आयातमा रोक लगाएको थियो । 

सिडिसीका अनुसार अहिले भने आयातित माछाको प्याकेटमा बाहिरै जीवित भाइरस भेटिएको हो । यसबाट कोरोना भाइरसका संक्रमितले कुनै प्याकेटको सम्पर्कमा आएपछि संक्रमण फैलाउनसक्ने साबित भएको वैज्ञानिकहरु बताउँछन् । यद्यपी, कुन देशबाट यो प्याकेट आएको हो भन्ने विषय चीनले खुलाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप