आलस लगाएर यसरी छालालाई बनाउनुहोस् गोरो र चम्किलो
आलसको गुणः
आलसमा एन्टीफंगल, एन्टीअक्सिडेन्ट, एन्टिडायबिटिक, एन्टिथ्रोम्बिक, एन्टिहाइपरटेन्सिव र एन्टिट्युमरजस्ता गुण हुन्छ । त्यसैले यसलाई आयुर्वेदमा उत्तम औषधी मानिन्छ ।
छालालाई क्षती हुनबाट जोगाउँछः
घामका कारण छालामा हुने क्षती र सन ट्यानबाट आलसले सुरक्षा प्रदान गर्छ । यसले छालाको क्यान्सरबाट पनि जोगाउँछ ।
डलनेस हटाउँछः
के तपाईंको अनुहार सधैं थाकेको जस्तो देखिन्छ ? यदि देखिन्छ भने अनुहारमा आलसको प्याक बनाएर लगाउँदा छालाको चमक तुरुन्त बढ्नेछ ।
फ्ल्याक्स सीड जेल कसरी बनाउने ?
यो बनाउनका लागि १÷४ कप आलस लिनुहोस् र दुई कप पानीमा रातीभरी भिजाउनुहोस् । भोलिपल्ट त्यो उमाल्नुहोस् र चिसो बनाउनुहोस् । त्यसपछि यो जेललाई छानेर अनुहारमा लगाउनुहोस् ।
चाउरीपन हटाउँछः
आलसमा भएको ओमेगा–थ्रीले छालाभित्र कोलेजनको उत्पादन गर्छ । यो लगाउँदा छालामा चमक आउँछ र चाउरीपन पनि हट्ने गर्छ ।
र्यासेज हटाउनुहोस्ः
यदि तपाईंको छालामा र्यासेज वा जलन हुन्छ भने आलसको तेल लगाउनुहोस् । यसको तेलमा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यसले छालालाई राहत पुर्याउने काम गर्छ ।
डण्डीफोर हटाउँछः
आलसमा ओमेगा–थ्री फ्याटी एसिड भरपुर मात्रामा पाइन्छ । यसलाई छालामा लगाउँदा सिबमको उत्पादन कम हुन्छ । यसले अनुहारमा डण्डीफोर निस्कन दिँदैन ।
यसरी बनाउनुहोस् स्क्रबः
आलसको दानालाई मिक्सचरमा राखेर धुलो बनाउनुहोस् । त्यसपछि यसमा पानी हालेर पेस्ट बनाउनुहोस् । यो पेस्टलाई अनुहार गलामा लगाएर पाँच मिनेटसम्म मसाज गर्नुहोस् ।
कपालका लागि पनि फाइदाजनकः
आलसमा प्रोटिन, मेंगनिज र विभिन्न प्रकारको भिटामिन पाइन्छ । यसको पानी कपालमा लगाउँदा कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’