सुदूरपश्चिममा ८ हजार ५८८ मा कोरोना संक्रमण
कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट गरिएको परिक्षणमा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको छ ।
अहिले सम्म ९६ हजार ६३६ नमुना परिक्षण गर्दा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको हो ।
८८ हजार ४८ नमुनामा भने कोरोना नेगेटिभ आएको छ ।
अछाम १ हजार १२९, बैतडी ४ सय ६४, बझाङ्ग ५ सय ९६, डडेल्धुरा ३ सय ७९, दार्जुला २०० , डोटी १ हजार १७६, कैलाली ३ हजार २२२ कंचनपुर ९ सय ५८, बाजुरा ४५९ र प्रदेशका अन्य जिल्लामा ५ फेला परेको सामाजिक बिकास मन्त्रालयले रातोपाटीलाई जानकारी दिएको छ ।
यसैगरी, शनिबार बिभिन्न अस्पतालमा गरिएको परिक्षण बाट थप ७७ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या १ हजार ३६३ पुगेको छ ।
सकृय संक्रमितमा अछाम ८१, बैतडी ५४, बझाङ्ग १४५,बाजुरा ६, डडेल्धुरा ५१, दार्चुला १२९, डोटी ९७, कैलाली ६६९, र कंचनपुर १२६ र प्रदेशका अन्य जिल्ला मा १ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह काक्री ले बताए ।
बितेको २४ घण्टामा गरिएको परिक्षणममा कैलालीका ५४, कंचनपुर का ३, बैतडीका ६ , दार्चुलाका ४, अछामका १ , डडेल्धुराका ६, डोटीका १ , अन्य जिल्लाका २ जनामा संक्रमण पुस्टी भएको उनले बताए । कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । अछाम २, बैतडी १ ,बझाङ्ग २, बाजुरा २ डडेल्धुरा १, कैलाली १० जनाको कोरोना संक्रमण बाट मृत्यु भईसकेको छ ।
योसंगै प्रदेशमा निको हुने संक्रमित संख्या ७ हजार २०६ पुगेको छ । बिभिन्न अस्पताल बाट थप ११ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ७ हजार २०६ पुगेको काक्री को भनाई छ ।
त्यसैगरी, बिभिन्न अस्पतालहरुमा १११ कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ४३,टिकापुर २४, महाकाली २८, अछाम १०, डोटी २, डडेल्धुरामा ३ र दार्चुलामा १ जनाको उपचार भईरहेको छ ।
प्रदेशका ९ वटै जिल्लामा ९४ आइृसोलेसन सेन्टरमा १ हजार ९२१ बेडहरु रहेका छन । ३ सय ७९ पुरुष र १ सय ६ महिला र होम आईसोलेसनमा ६सय ९० जना रहेको स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिँह कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ