बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अनिल शाहलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

आइतबार, ०२ कात्तिक २०७७, १० : ४७
आइतबार, ०२ कात्तिक २०७७

बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुटि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन् ।

गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै बस्ने सुझाव दिएका थिए ।

आइसोलेसनमा रहेको बेला उनले शनिबार पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

शाहले आफूलाई गन्ध थाहा नपाउने बाहेक अन्य कुनै लक्षण नरहेको र घरमा नै आइसोलेसनमा रहने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप