बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो

आइतबार, ०२ कात्तिक २०७७, ०९ : २७
आइतबार, ०२ कात्तिक २०७७

 विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । 

गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । 

यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।  

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । 

तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् ।  संक्रमित नेपाली मध्ये लगभग ९१ प्रतिशत भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यस्तै नेपालमा मात्र १ लाख २९  हजार ३ सय ४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ८९ हजार ८ सय ४० जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो । हालसम्म नेपालमा ७ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।    

नेपालसहित विश्वभर १ लाख ७१ हजार ४ सय ४ जना कोरोना संक्रमण देखिएको छ भने ति मध्ये १ लाख २८ हजार ४ सय ८६ जना संक्रमण मुक्त भएका छन् । विश्वभर संक्रमित नेपाली मध्ये ७४ प्रतिशत कोरोना मुक्त भएका छन् । 

नेपालसहित विश्वभर १ हजार १० जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको छ ।


 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप