बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश सपूत अभिनित ‘पिरतिको भिसा’ सार्वजनिक

आइतबार, ०२ कात्तिक २०७७, ०९ : २२
आइतबार, ०२ कात्तिक २०७७

काठमाडौं – गायक तथा मोडल प्रकाश सपूत अभिनित ‘पिरतीको भिसा’ बोलको गीत सार्वजनिक भएको छ । 

भिडियोमा सपूतसंगै अस्मिता ढकाल, शम्भु धिताल र रमा थपलियालाई देख्न सकिन्छ । 

यसै गीत मार्फत गायक शम्भु धितालले पहिलो पटक गायन तथा म्युजिक भिडियोमा डेब्यू गरेका हुन् ।

शनिबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक शम्भुसँगै मेलिना राईको स्वर रहेको छ । गीतको शब्द, संगीत पनि गायक धितालले नै गरेका हुन् । 

जातिय विभेदभित्रको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ । 
गीतको एरेन्जमेण्ट चर्चित एरेन्जर कृष्ण बिक (भान्जा) ले गरेका हुन् । भिडियो लाई करन चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।

उक्त गीत गायक शम्भु धितालकै युट्युब एकाउन्टमार्फत सार्वजनिक भएको छ ।

भिडियोः

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप