शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु

शनिबार, ०१ कात्तिक २०७७, २२ : २९
शनिबार, ०१ कात्तिक २०७७

रुपन्देही । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेशनमा बसेका उनी सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उनमा कुनै दीर्घ समस्या थिएन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना सङक्रमितबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप