मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पोखराकी महिलामा मृत्युपछि कोरोना पुष्टि

शनिबार, ०१ कात्तिक २०७७, २० : १६
शनिबार, ०१ कात्तिक २०७७

पोखरा । पोखरा महानगरपालिका ३ की एक महिलालाई मृत्युपछि कोरोना पुष्टि भएको छ । इमर्जेन्सी विभागमा उपचारका लागि आएकी ५६ वर्षिय ति महिलालाई कोरोना संक्रमण भएको आशंका गरि जाँच गर्दा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण भएको आशंकापछि स्वाब लिएर उनको प्रि आइसोलेसन वार्डमा उपचार भई रहेको थियो । उपचारकै क्रममा गए राती ९ बजेर १५ मिनेट जाँदा उनीको मृत्यु भएको पश्चिमाञ्चल स्वास्थय विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

उनको आज मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई कोभिड सँगसँगै अन्य दिर्घ रोगको समस्या समेत थियो । कोरोना संक्रमणबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु हुने उनी चौधौं संक्रमित हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप