बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ५ सय घरधुरीका लागि पिपरामुईन सिचाईको शिलान्यास

शनिबार, ०१ कात्तिक २०७७, २० : ०५
शनिबार, ०१ कात्तिक २०७७

जनकपुर । धनुषाको दक्षिणवर्ती क्षेत्र नगराईन नगरपालिकामा अन्नवाली उत्पादनलाई व्यवस्थित गर्नका लागि सयौँ हेक्टर जग्गाको उब्जनीलाई व्यवस्थित गर्ने उद्देश्यले पिपरामुइन सिंचाई योजनाको शिलान्यास गरिएको छ ।

नगराईन नगरपालिकास्थित जटही तर्फको खेती योग्य ३ सय ५० हेक्टर जग्गाको उब्जनीलाई मध्यनजर गर्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो र प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्तरुपमा सो योजनाको शिलान्यास गरिएका हुन् ।

कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर भगवान झाले नगरपालिकाको जटही सहितका क्षेत्रका करिव ५ सय १० घरधुरी गरि कुल २ हजार ८ सय जनता प्रत्यक्ष लाभान्वित हुने लक्ष्य रहेको बताए । सो योजना सम्पन्न भए पछि धान, गहुँ, तेलहन बाली उत्पादनमा निकै बृद्वि हुने झाले बताए ।

सो योजनाको पानीको मुहान पिपरामुइन हुने छ । जुन पेरेनियल अर्थात वर्ष भरि नै पानी रहने छ । २२ मिटर लम्बाईको स्थायी वेइर स्ट्रक्चर सहित २ किलोमिटर लम्बाईको मुल नहर सहित निर्माण हुन लागेको योजना अगामी आर्थिक वर्ष २०७९÷०८० भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख झाले जानकारी दिए ।

जलस्रोत तथा सिंचाई विकास डिभिजÞन कार्यालय धनुषाद्वारा निर्माण हुन लागेका सिचाई पिपरामईन सिचाई योजनाको शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले विकास निर्माणको नाममा काँग्रेस र नेकपाले केही पनि गर्न नसकेको भन्दै आक्रोश पोखे । 

काँग्रेस र कम्युनिष्टको व्यवहार र प्रवृत्ति राजशाही जस्तै रहेकाले जनताले गणतन्त्रको प्रत्याभूति गर्न नसकेको बताए । महतोले जनताको वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी नै रहेको ठोकुवा गरे ।

उनले संघीय सरकारले प्रदेश सरकारलाई सन्दुक र बन्दुक नदिएपनि विकास निर्माणको काममा कुनै कसर बाकी नराखेको दावी गरे ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारले विकास निर्माणको कार्यलाई तिव्रता दिएको जानकारी गराए । 

उनले प्रदेश सरकारसंग रहेको क्षमता अनुसार जनताको माग किसानलाई आत्मनिर्भर तथा व्यवस्थित उब्जनीका लागि सिचाईलाई व्यवस्थित गर्न लागिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप