बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री श्रेष्ठद्वारा शहीदप्रति सम्मान

शनिबार, ०१ कात्तिक २०७७, १९ : २७
शनिबार, ०१ कात्तिक २०७७

नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा रहेका शहीदको शालिकमा पुगेर आज माल्यार्पण गरेका छन् । 

मन्त्रीका रुपमा शपथ ग्रहण गरेको तेस्रो दिन उहाँले देश र जनताका लागि प्राण आहुति दिने सहिदको शालिकमा माल्यार्पण गरे । उनले टेकु, पचली, शोभा भगवती, गणेशस्थानलगायत स्थानमा पुगेर शहीदप्रति सम्मान व्यक्त गरे  ।

मन्त्री श्रेष्ठले आजै कोटेश्वरस्थित मदन भण्डारी पार्क पुगेर उहाँको शालिकमा पनि माल्यार्पण गरे ।

लामो समयदेखि काठमाडौँ उपत्यकामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पार्टी नेतृत्व गर्दै आएका उनी काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप