मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा लागूऔषधसहित युवक पक्राउ

शनिबार, ०१ कात्तिक २०७७, १९ : १५
शनिबार, ०१ कात्तिक २०७७

पोखरा । पोखरामा लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । युवकले लुकाएर ल्याएको १८० एम्पुल लागूऔषधसहित पोखरा २६ विजयपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालका अनुसार दिउँसो साढे एक बजेतिर विजयपुर बस्दै आएका पोखरा २४ स्थायी घर भएका २९ वर्षिय प्रभात सुवेदी लागूऔषधसहित समातिएका हुन् । प्रहरीले उनले बोकी हिडेको लागूऔषध डाइजापाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र नुर्फिन ६० एम्पुल गरि १८० एम्पुल लागूऔषधसहित उनलाई समातेको थियो । उनको साथबाट प्रहरीले ओप्पो मोबाइल १ थान समेत बरामद गरेको छ ।

अभियुक्त सुवेदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । लागूऔषध ऐन २०३३ विपरितको कसुर अन्तर्गत उनीमाथि थप अनुसन्धान भई रहेको डिएसपी हमालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप