शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अध्यक्षलाई कोरोना लागेपछि गल्छी गाउँपालिका बन्द

शनिबार, ०१ कात्तिक २०७७, १८ : ४८
शनिबार, ०१ कात्तिक २०७७

गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई  कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए । गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप