शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा शनिवारदेखि महिन्द्रा शो रुम सञ्चालनमा

शनिबार, ०१ कात्तिक २०७७, १८ : ४०
शनिबार, ०१ कात्तिक २०७७

जनकपुर । प्रदेश नम्बर २ मा सबै भन्दा ठुलो तथा अत्याधुनिक महिन्द्रा मोटर गाडीको सुविधा सम्पन्न  शो रुम शनिवारदेखि  आएको छ ।  प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर १४ स्थित मुजेलियामा ऋचा मोटर्स प्रालिले सञ्चालनमा आएको उक्त शो रुमले सेल्स, सर्भिस र स्पेयर पार्टसको विक्री वितरण अधिकृत विक्रेताको डिलर्स संचालन गर्दै छ ।

सञ्चालक राजेश अग्रवालले महिन्द्रा कम्पनीको हेभी गाडी बाहेक स्कारपियो, बोलेरो, ट्याक्ट्रर, पिकअप र भ्यान लगायतका गाडीको विक्री वितरणका साथै दक्ष मेकेनिकद्वारा सर्भिसको व्यवस्था रहेको जानकारी दिए । 

उनले यहाँ गाडीको सर्भिस अत्याधुनिक मेसिन र दक्ष मेकेनिकबाट छिटो भन्दा छिटो गराएर दिइने बताए । शनिवार देखि संचालनमा आएको उक्त शो रुमले पहिलो दिनमै २ वटा स्कारपियो डिलेभरी गरिसकेको छ भने ५ वटा बुकिंग गरिएको र ट्याक्टरका लागि समेत ग्राहकहरु आउने गरेको संचालक अग्रवालले जानकारी दिए । 

कम्पनीका प्रतिनिधि रणवीर यादवले ऋचा शो रुम प्रदेश– २ मै सबैभन्दा ठूलो र अत्याधुनिक रहेको कारण ग्राहकलाई समयमै सुविधायूक्त सेवा दिइनेछ । 

महिन्द्रा कम्पनीको सबैभन्दा बढी बिक्री हुने गाडी मध्ये स्कारपियो, बोलेरो र टयाक्टरहरु रहेको छ । आज सञ्चालनमा आएको दिन नै एक दर्जन गाडी बुकिंङ भएको जानकारी संचालक अग्रवालले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप