शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फास्ट बलर उमर गुलद्वारा सन्यासको घोषणा

शनिबार, ०१ कात्तिक २०७७, १८ : ०८
शनिबार, ०१ कात्तिक २०७७

पाकिस्तानी फास्ट बलर उमर गुलले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय गुलले २००३ देखि २०१६ सम्म ४७ टेस्ट, १ सय ३० एकदिवसीय तथा ६० टी–२० खेलमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए ।

शुक्रबार उनको क्लब बलोचिस्तान दक्षिणी पञ्जाबसँग पराजित हुँदै राष्ट्रिय टी–२० कपबाट बाहिरिएको हो । यसलगत्तै गुुलले सक्रिय खेलाडी जीवनबाट सन्यास घोषणा गरे ।

खेलपछि केही भावनात्मक देखिएका गुलले आफ्नो परिवार, प्रशिक्षक र लामो करियरका दौरान साथ दिने टिमका अन्य खेलाडीहरु तथा समर्थकहरुलाई धन्यवाद् दिएका छन् ।

पेशावरका गुल पाकिस्तानको आधुनिक समयका उत्कृष्ट फास्ट बलर हुन् । २००७ मा पाकिस्तानले टी२० विश्वकपको फाइनल यात्रा गर्दा उनी सर्वाधिक धेरै विकेट लिनेको सूचीमा थिए । तर, फाइनलमा पाकिस्तान भारतसँग पराजित भयो । २ वर्षपछि पाकिस्तानले विश्वकप जित्दा उनी नै सर्वाधिक विकेट लिने खेलाडी थिए । यी दुवै संस्करणमा उनले १३–१३ विकेट लिएका थिए ।

सन् २००९ को टी–२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध उनले ६ रन दिएर ५ विकेट लिएका थिए, जो तत्कालीन समय टी–२० खेलको सर्वोत्कृष्ट बलिङ नमूना थियो । ‘दुई दशकसम्म विविध तहमा मेरो क्लब, शहर, प्रान्त र देशको प्रतिनिधित्व गर्नु गर्वको विषय हो,’ गुलले सन्यास घोषणा गर्दै भनेका छन्, ‘मैले निरन्तर मेरो क्रिकेटको मज्जा लिएँ । जसले मलाई मेहिनत, सम्मान, प्रतिवद्धताको मूल्य सिकाएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप