शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल कर्णालीका लागि केबिसीएफ र वर्ल्डलिङ्कबीच सहकार्य

शनिबार, ०१ कात्तिक २०७७, १७ : ५७
शनिबार, ०१ कात्तिक २०७७

बायोडाइभर्सिटी संरक्षण र आर्थिक विकासको प्रवद्र्धनमा सक्रिय गैर नाफामुलक संस्था कर्णाली बेसिन संरक्षण फाउन्डेशन  (केबिसीएफ) ले कर्णाली नदी बेसिनको  कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामाजिक–आर्थिक विकास ल्याउन नेपालको अग्रणी इन्टरनेट प्रदायक संस्था वर्ल्डलिङ्क कम्युनिकेशन लिमिटेडसँग सहकार्य गर्ने भएको छ ।

केबिसीएफले जैविक विविधता संरक्षण, जीविकाका अवसर, स्वास्थ, गुणस्तरीय शिक्षाको पहुँच र इको–टुरिजम क्षेत्रको प्रवद्र्धन गर्ने गतिविधिमा लगानी गरिरहेको छ भने  वर्ल्डलिङ्कले नेपालका दुुर्गम क्षेत्रहरुमा आफ्नो सेवा बिस्तार गरिरहेको छ । विपन्नहरुसामु इन्टरनेट पु-याउने कार्यले इन्टरनेटको पहुँचमा रहेका र नरहेकाहरुबीचको ठूलो विभाजनलाई कम गर्न सहयोग गर्नेछ ।

वर्तमान कोभिड महामारीले इन्टरनेटको पहुँच अहिलेसम्मकै सर्वाधिक महत्त्वपूूर्ण छ भन्ने देखाइसकेको छ, विद्यालय र व्यापारहरु पनि अनलाईनतर्फ अघि बढेका छन् ।

केबिसीएफका अध्यक्ष राधेश्याम पन्तले यस सहकार्यको महत्वबारे बिस्तृतमा भनेका छन्, ‘यस क्षेत्रमा धेरै कुराहरु हासिल हुन अझै बाँकी भएकाले दिर्घकालिन र दिगो वृद्धीका लागि बलियो जग बसाल्नु महत्त्वपूर्ण छ । यस सन्दर्भमा डिजिटल अर्थतन्त्रका लागि दुबै सफ्ट र हार्ड भौतिक पूर्वाधार हुनु महत्वपूर्ण छ । हाम्रो उद्देश्य यस क्षेत्रका प्रदेशहरुलाई विकास प्रक्रियामा छलाङ लगाउन सघाउने हो, र, यस महत्वपूर्ण लक्ष्य हासिल गर्नका लागि वर्ल्डलिङ्क निर्णायक साझेदार हो ।’

त्यसैगरी, वर्ल्डलिङ्क कम्युनिकेशन लिमिटेडका अध्यक्ष तथा संस्थापक/निर्देशक दीलिप अग्रवालले भने, ‘ग्रोथ जोनहरु पहिचान गर्दै कमर्शियल व्यवसाय, सामुदायिक समुह र व्यक्तिलाई इन्टरनेट उपलब्ध गराएर स्थिर डिजिटल प्लेटफर्मका अवसरबारे आकर्षित गर्दै ‘डिजिटल कर्णाली’ निर्माणको हाम्रो योजना पूरा गर्न हामी संयुक्त रुपमा काम गर्छौं । यो योजना ‘सबैलाई, सबै ठाउँ, सधैँ जोड्ने’  हाम्रो घोषणासँग मिल्दोजुल्दो छ ।’

रोजगारी सिर्जना, स्थानीय व्यवसायी, मझौला र साना उद्यमलाई सहयोगलगायत गतिविधिमार्फत आर्थिक, वातावरणीय र सकारात्मक सामाजिक प्रभाव हासिल गर्न मिलेर काम गर्ने प्रतिबद्धता दुबै पक्षले जनाएका छन् । त्यस्तै, केबिसिएफ र वर्ल्डलिङ्क दुबैले स्थानीय उत्पादन र दिगो स्थानीय आपुर्ति चक्रको प्रबद्र्धनका लागि सहयोग गर्नेछन् । कर्णाली बेसिन क्षेत्रका व्यक्ती र समुदायहरुलाई डिजिटल्ली सहयोग मिलेको र उनीहरु समृद्धीतर्फ आकर्षित भएको सुनिश्चित गर्दै यो रणनीतिक साझेदारीले अवसरहरुलाई एकसाथ अघि लैजानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप