राजस्थानले बैंगलोरलाई दियो १ सय ७८ रनको चुनौती
काठमडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को ३३ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १ सय ७८ रनको चुनौती पेश गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ राजेका राजस्थानले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनायो ।
जसमा अर्धशतक पार गरेका कप्तान स्टेभन स्मिथले ५७ रनको जोडेका थिए । यस्तै ओपनर रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बटुलेका थिए ।
बैंंगलोरका लागि क्रिस मोरिसले ३ तथा युजवेन्द्र चहालले २ विकेट लिए । विराट कोहलीको कप्तानीमा रहेको बेंगलोर छैटौं र राजस्थान चौथो जितको खोजिमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ भने राजस्थान ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ ।
राजस्थानलाई प्ले अफको सम्भावना बलियो बनाउन आजको खेलमा जित निकाल्नै देखिन्छ । यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
-
‘गर्भपतन गर्नु कुनै ‘पाप’ होइन’
-
शीर्ष स्थानमा रहेको कोलकातालाई दौडबाट बाहिरिएको मुम्बईको चुनौती
-
काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने