शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं ‘ह्याङ ओभर’का कारण सुस्ताउँदै सेयर कारोबार

शनिबार, ०१ कात्तिक २०७७, १७ : १९
शनिबार, ०१ कात्तिक २०७७

काठमाडौं । दशैंको प्रभाव सुरु भएपछि सेयर बजारको कारोबार सुस्ताएको छ । अघिल्लो साताका उत्साहप्रद कारोबारका आधारमा यो साता सेयर बजारमा सुस्तता छाएको हो । यो साता सेयर बजारमा कुल ९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार अघिल्ला साताको तुलनामा करिब ३८ प्रतिशतले कम हो । अघिल्लो साता १४ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । 

वाणिज्य बैंक, हाइड्रोपावर, होटल, बीमा, उत्पालनमूलत उद्योग लगायत धेरै कारोबार हुने समूहहरुमा यो साता गिरावट आएको छ । विकास बैंक, वित्त कम्पनी र व्यापारमूलक क्षेत्रको कारोबारमा मात्रै झिनो बढोत्तरी देखिएको छ । 
सातामा कुल ५ दिन कारोबार भएकोमा आइतबार २ अर्ब ३९ करोड रुपैंयको कारोबार भएको थियो । सोमबार १ अर्ब ९४ करोड, मंगलबार १ अर्ब ८१ करोड, बुधबार १ अर्ब ४९ करोडको सेयर कारोबार हुँदा बिहीबार कारोबार १ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको हो । जबकी अघिल्लो बुधबार एकैदिन ३ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो । बिहीबारदेखि प्रत्येक दिन कारोबार रकम घट्दै गएको हो । 

सेयर लगानीकर्ताहरुका अनुसार बजारमा दशैंको प्रभाव सुरु भएकोले सेयर कारोबारमा प्रत्यक्ष प्रभाव परेको हो । यही प्रभावस्वरुप अघिल्लो सातादेखि बजार परिसूचकमा पनि झिनो गिरावट आएको छ । विगतमा बढेको परिसूचकको प्रभावस्वरुप यो गिरावटउन्मुख देखिन्छ । पछिल्लो ७ कारोबारको दिनमा सातैदिन बजारले रातो मैनबत्तिको आकृति देखाएको छ । यसले बजारमा बियरिस ट्रेन्ड रहेको देखाउँछ । चाडबाडका कारण यस्तो ट्रेन्ड देखिएको प्राविधिक विश्लेषकहरुको अनुमान छ । 

बजारमा दशैं खर्च जुटाउनका लागि सेयर बेच्ने प्रचलन समेत छ । बिहीबारसम्म सोही प्रयोजनको लागि बिक्री चाप केही बढेको समेत पाइएको छ । बिक्रीको यही चापका कारण बजारमूल्यमा समेत गिरावट आउँदै गएको हो । आइतबारदेखि भने दशैं ह्याङओभरबाट मुक्त हुनेछ र विवेकशील कारोबारले निरन्तरता पाउने विश्वास गरिएको छ । यद्यपि अघिल्लो वर्षको ट्रेन्डको आधारमा दशैं, तिहार र छठसम्म कारोबारमा ठूलो उतारचढाव आउने सम्भावना भने बजार विश्लेषकहरु देख्दैनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप