बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका नेताहरुलाई प्रधानमन्त्रीले भने, ‘तत्काल काठमाडौं नछोड्नु’

शनिबार, ०१ कात्तिक २०७७, १७ : १३
शनिबार, ०१ कात्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशका पदाधिकारीहरुलाई तत्काल काठमाडौ नछोड्न निर्देशन दिएका छन् । शनिबार बिहान बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानन्त्रीसमेत रहेका ओलीले कर्णाली प्रदेश कमिटिमा आएको विवादबारे पदाधिकारीहरुको ब्रिफिङ सुनेपछि यस्तो निर्देशन दिएका हुन् ।

 ‘तपाईंहरुका कुरा मैले सुने, अब हामी दुई अध्यक्ष बसेर सल्लाह गर्छौँ,’ भेटमा सहभागी गुलावजंग शाहले भने, ‘कर्णालीका सबै साथीभाइले रिपोर्टिङ गरियो । त्यसपछि उहाँले ठिकै छ । अब हामी दुई अध्यक्ष सल्लाह गर्छौँ भन्नुभयो ।’ 

त्यस्तै ओलीले दुई अध्यक्ष बसेर छलफल नगर्दासम्म काठमाडौँ नछोड्न निर्देशन दिएको पनि शाहले बताए । ‘केही दिन तपाईंहरु अहिले काठमाडौँ नछोड्नुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै शाहले रातोपाटीलाई जानकारी दिए ।

प्रदेश सरकारमा देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनअघि काठमाडौँ आएका थिए । उनीहरुले बिहीबार र शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग पनि बेग्लाबेग्लै रिपोर्टिङ गरेका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले असोज २७ गते पत्र काट्दै काठमाडौँ बोलाएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्ज एवं प्रदेश सभा सांसद यामलाल कँडेल, सह–इन्चार्ज एवं आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य एवं सह–इन्चार्ज कालीबहादुर मल्ल तथा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, सासद चन्द्रबहादुर शाही र निलम्बित सचेतक गुलाबजंग शाहले शनिबार प्रधानमन्त्री ओलीसँग सामुहिक व्रिफिङ गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप