ललितपुरमा साथीको हत्या गरेर भारतमा मजदुरी, ११ वर्षपछि सीआईबीको फन्दामा
काठमाडौं । ललितपुरको गोदावरीस्थित झरुवारासीमा डिल बहादुर योञ्जनको हत्या गरेर भागेका दुईजना आरोपीलाई प्रहरीले पक्रेको छ ।
मकवानपुर घर भएका भिमसेन घागा मगर र रामकृष्ण चुनी मगरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । उनीहरु हत्या गरेको ११ वर्षपछि पक्राउ परेका हुन् ।
आरएस ईट्टाभट्टामा काम गर्ने मकवानपुरको भीमफेदी नरपालिका–८ का ३६ वर्षीय डिल बहादुरलाई उनीहरुले कोदाली (फरुवा)को बिँडले हानेर हत्या गरेका थिए ।
०६६ वैशाख २८ मा उनीहरुले आक्रमण गर्दा गम्भीर घाइते भएका डिल बहादुरको ३१ वैशाखमा वीर अस्पतालमा मृत्यु भएको थियो ।
साथीको हत्यापछि उनीहरु भारत गए । भारतको नयाँ दिल्लीमा भीमसेनले रिक्सा किनेर चलाए । रामकृष्णले प्लाष्टिक कम्पनीमा काम गरेर गुजारा चलाए । केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई पक्रेर नेपाल ल्याएको बताइएको छ ।
तर, ब्यूरोले उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुना नजिक नेपाल–भारत सीमानाबाट पक्राउ गरिएको दाबी गरेको छ ।
उनीहरुले भारतीय आधारकार्ड पनि लिएका छन् । हत्या आरोपीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको सीआईबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण