बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा साथीको हत्या गरेर भारतमा मजदुरी, ११ वर्षपछि सीआईबीको फन्दामा

शनिबार, ०१ कात्तिक २०७७, १७ : १०
शनिबार, ०१ कात्तिक २०७७

काठमाडौं । ललितपुरको गोदावरीस्थित झरुवारासीमा डिल बहादुर योञ्जनको हत्या गरेर भागेका दुईजना आरोपीलाई प्रहरीले पक्रेको छ । 
 मकवानपुर घर भएका भिमसेन घागा मगर र रामकृष्ण चुनी मगरलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । उनीहरु हत्या गरेको ११ वर्षपछि पक्राउ परेका हुन् । 

आरएस ईट्टाभट्टामा काम गर्ने मकवानपुरको भीमफेदी नरपालिका–८ का ३६ वर्षीय डिल बहादुरलाई उनीहरुले कोदाली (फरुवा)को  बिँडले हानेर हत्या गरेका थिए । 
०६६ वैशाख २८ मा उनीहरुले आक्रमण गर्दा गम्भीर घाइते भएका डिल बहादुरको ३१ वैशाखमा वीर अस्पतालमा मृत्यु भएको थियो ।   

 साथीको हत्यापछि उनीहरु भारत गए । भारतको नयाँ दिल्लीमा भीमसेनले रिक्सा किनेर चलाए । रामकृष्णले प्लाष्टिक कम्पनीमा काम गरेर गुजारा चलाए ।  केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई पक्रेर नेपाल ल्याएको बताइएको छ । 

तर, ब्यूरोले उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुना नजिक नेपाल–भारत सीमानाबाट पक्राउ गरिएको दाबी गरेको छ । 
उनीहरुले भारतीय आधारकार्ड पनि लिएका छन् । हत्या आरोपीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको सीआईबीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप