बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

न्युजिल्यान्डमा जासिन्डा अर्डेनको पार्टी विजयी

शनिबार, ०१ कात्तिक २०७७, १६ : ३३
शनिबार, ०१ कात्तिक २०७७

प्रधानमन्त्री जासिन्डा अर्डेनको सेन्ट्रल लेफ्ट लेबर पार्टीले न्युजिल्यान्डको आम निर्वाचन जितेको छ । विपक्षी पार्टीकी नेतृ जुडिथ कोलिन्सले झन्डै एक चौथाई मत गणना हुन बाँकी रहेकै अवस्थामा शनिबार पराजय स्वीकार्दै उनलाई बधाइ दिएकी छिन् । 

अहिलेसम्म लेबर पार्टीले ४९ प्रतिशत मत ल्याएको छ भने निकटतम प्रतिस्पर्धी कोलिन्सको नेशनल पार्टीले २७ प्रतिशत मतमात्रै बटुलेको छ । त्यसैगरी वर्तमान सरकारमा अर्डेनसँगै गठबन्धन गरिरहेको नेशनलस्ट न्युजिल्यान्ड फस्र्ट पार्टीले २ दशमलव ६ र ग्रिन पार्टीले ७ दशमलव ६ प्रतिशत मत ल्याएको छ ।

कोभिड १९ को व्यवस्थापनमा अर्डेनले गरेका प्रयासलाई हेरेर यस निर्वाचनले नतिजा दिने आँकलन पहिल्यै गरिएको थियो । अहिलेसम्मको आँकलनअनुसार मतगणना समाप्त हुँदासम्म कुल १ सय २० सिटमध्ये अर्डेनको पार्टीले झन्डै ६४ सिट जित्ने आँकलन गरिएको छ ।

यस्तो भएमा जासिन्डाले वर्तमान प्रणालीअन्तर्गत नै आफ्नो पार्टीको एकल सरकार बनाउन गर्न सक्नेछिन् । बहुमत नआएको अवस्थामा उनले गठबन्धन सरकारलाई नै निरन्तरता दिनसक्नेछिन् ।

विपक्षी नेशनल पार्टीकी नेतृ कोलिन्सले हार स्विकारेपछि आफ्नो अकल्यान्डस्थित घरबाट हात हल्लाउँदै अर्डेन निस्किएकी थिइन् । उनले जम्मा भएका समर्थकहरुलाई अंकमाल गरिन् । ‘प्रधानमन्त्री जाकिन्डा अर्डेनका लागि, जसलाई मैले फोन गरेर बधाई दिएँ किनकी मेरो बुझाइमा यो लेबोर पार्टीका लागि निकै राम्रो नतिजा हो,’ विपक्षी नेतृ कोलिन्सले टेलिभिजन सम्बोधनमा भनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप