शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना पुष्टि

शनिबार, ०१ कात्तिक २०७७, १६ : २६
शनिबार, ०१ कात्तिक २०७७

बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । 
उनका अनुसार आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् । 
यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार बितको२४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ । यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप