ad

कृषि विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो । 


    विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिष्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन परेको छ । 



    रजिष्ट्रारका लागि प्रा डा अरविन्द श्रीवास्तव, प्राडा कालिकाबहादुर अधिकारी, प्राडा केशव अधिकारी,  प्रा डा दिलीपकुमार झा, प्राडा पुष्करबहादुर पाल,  प्राडा बलरामकुमार भट्ट, प्राडा भूमिनन्द देवकोटा, प्रा मुकेशकुमार सिंह, प्राडा मोहन शर्मा, प्राडा शारदा थपलिया र प्रा श्यामशङ्कर झाको आवेदन परेको उनले जानकारी दिए । 



    कृषि सङ्कायका डिनका लागि प्राडा अर्जुनकुमार श्रेष्ठ, प्राडा अरविन्द श्रीवास्तव, प्रा डा कल्याणी मिश्र त्रिपाठी, प्रा जयप्रकाश दत्त, प्रा विष्णुराज ओझा, डा शिवचन्द्र ढकाल र डा सन्तोष मरहट्ठाको आवेदन परेको छ । पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायकको डिन पदका लागि प्राडा पुष्करबहादुर पाल, प्राडा भूमिनन्द देवकोटा, डा मनोजकुमार शाह, प्रा मातृकाप्रसाद जमरकट्टेल, प्रा मुकेशकुमार सिंह, प्रा डा सुनिला राई, डा सुवीर सिंह र प्रा डा होमबहादुर बस्नेतको आवेदन परेको छ । 



    उपकुलपति रेग्मीले रजिष्ट्रार छनोटका लागि समिति बनाउन लागिएको जानकारी दिए । समितिले पाँच दिनभित्र आवेदकमध्येबाट तीन जनालाई छनोट गर्ने छ । उनीहरुमध्येबाट एक जनालाई रिक्त रजिष्ट्रारमा नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उनले बताए । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।