शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालयको जग्गा फिर्ता

शनिबार, ०१ कात्तिक २०७७, १३ : ५९
शनिबार, ०१ कात्तिक २०७७

सुदूरपश्चिम विश्वविद्यालयको भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थीत अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ । सुकुम्बासी भूमिहीन बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको हो । 

विश्व विद्यालयको जग्गामा डेढ दशक देखि बस्दै आएका ४२ परिवारले सात विगाह जग्गा फिर्ता गरेका छन् । विसं २०६९ सालमा तत्कालीन महेन्द्रनगर विकास समितिले विश्वविद्यालयलाई उक्त जग्गाको स्वामित्व दिएको थियो ।   वास्तविक सुकुम्बासीको लगत सङ्कलन गर्ने, बसोबासका लागि पहल गर्ने, वैकल्पीक व्यवस्थापनका लागि सम्बन्धीत निकायमा पहल गर्ने, जमिन भोगचलन गर्दै आएका मजदुरको आयआर्जनका लागि विभिन्न सीपमूलक, आयमूलक रोजगारीका कार्यक्रम सञ्चालन गर्ने लगायतका भीमदत्त नगरपालिका, विश्वविद्यालय र मजदुरबीच सहमती भएपछि  जग्गा फिर्ता गराईएको बताईएको छ । 

गहुँ खेतीका लागि विश्वविद्यालयको जग्गामा बस्दै आएका प्रति परिवारलाई रु सात हजार पाँच सय रकम उपलव्ध गराउने सहमती समेत भएको छ । सुकुम्बासी अगुवा पार्वती दुलालले विश्वविद्यालयको जग्गामा बस्दै आएका परिवारको जीविकोपार्जन र बसोवासको व्यवस्था मिलाउने सहमतीपछि जग्गा छाडिएको बताइन् । 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले सुकुम्बासी, भूमिहीन परिवारले विश्वविद्यालयको जग्गाको संरक्षण नगरेको भए भूमाफियाहरुले कब्जा गरिसक्थे भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप