शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन हुन्न : नेता सिंह

शनिबार, ०१ कात्तिक २०७७, १३ : २३
शनिबार, ०१ कात्तिक २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले अहिले ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै त्यसको निष्पक्ष छानविनको माग गरेका छन् । 
काठमाडौँको नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको उद्घाटन गर्दै शनिबार उनले जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिए । 

करिब दुई तिहाई बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन असफल भएको नेता सिंहले दाबी गरे ।
सरकार कोरोना महामारीको बेलामा पनि मेडिकल सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको सिंहको भनाइ थियो  । 

दिनानुदिन  बलात्कार, महिला हिंसाका घटना बढेको भन्दै उनले सरकारले शान्ति सुरक्षा दिन पनि नसकेको बताए । 
यस्तै उनले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताए ।वर्तमान सरकारको परराष्ट्रनीति असन्तुलित देखिएको उनको भनाइ थियो । 

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने बताए । 
जनआन्दोलनका उपलब्धि रक्षा गर्न पुनः स्युचाटारबाटै संकल्प गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप