केन्द्रीय संस्करण
मिडिया

प्रोफेसरबाट तमाशे – अर्थनीति र मिडियाले बुद्धिजीवीलाई कसरी तमाशे बनाउँछ

person explore access_timeकात्तिक १, २०७७ chat_bubble_outline0

यो लेख पहिलोपटक सन् १९९४ मा प्रकाशित भएको थियो । यहाँ, समाजवादी विचारक किसन पाटनायकले सर्वसाधारण जनताका वास्तविक समस्या र मुद्दाबाट ध्यान मोडेर सिमित व्यक्तिको स्वार्थ रक्षा गर्न सञ्चारमाध्यम कसरी दुरुपयोग हुँदैछ भन्ने विश्लेषण गरेका छन् । अहिले पनि उत्तिकै सान्दर्भिक भएकाले यो लेखअनुवाद गरिएको छः

भारतमा अङ्ग्रेजी नबुझ्नेहरुले प्रणय रायलाई चिन्नुहुँदैन होला । तर प्रणय रायलाई चिन्न जरुरी छ किनकी उनले नयाँ सामाजिक घटनाको प्रतिनिधित्व गर्छन् ।

शुक्रबार दुरदर्शनबाट प्रशारण हुने साप्ताहिक कार्यक्रम विश्वदर्शनले प्रणय रायको प्रसिद्धि बढाएको हो । जसरी एउटा जादुगरले चटक देखाउँछ, त्यही शैलीबाट टिभी दर्शकको ध्यान केन्द्रीत गर्दै दूरदर्शनद्वारा छानिएका समाचार वा विज्ञप्तिहरुप्रति श्रोताहरुलाई मन्त्रमुग्ध बनाएर राख्नु दूरदर्शनको एक खास विधा बनिसकेको छ । प्रितिश नन्दीको शो, प्रणय रायको साप्ताहिक विश्वदर्शन आदि कार्यक्रम यस विधाका श्रेष्ठ प्रदर्शन हुन् । देशका बुद्धिजीवीहरुमध्ये यस्ता मानिस थोरैमात्र हुन्छन्, जो अत्यन्त बुद्धिमान् हुनुको साथ–साथै बजारको बीच भागमा तमाशा पनि देखाउनसक्छन् । यस्तै दुर्लभ प्रतिभाशाली बुद्धिजीवीहरुको खोजी टेलिभिजन व्यवसायीहरुले गर्छन् । उनीहरुको माध्यमबाट टेलिभिजनको प्रदर्शन–व्यवसायलाई केही बौद्धिक प्रतिष्ठा मिल्नसक्छ, जसले निकै भद्दा र अश्लील कार्यक्रमहरुको सञ्चालन पनि सम्मानजनक हुनसक्छ । जब शुक्रबार प्रशारण हुने विश्वदर्शन कार्यक्रमले प्रणय रायलाई टिभी दर्शकमाझ लोकप्रिय बनाइदियो, तब उनलाई सरकारको आर्थिक नीतिहरुबारे सूचना दिने कार्यक्रम चलाउन दिइयो । पछिल्लो साल (१९९३) को बजेटमा आएको नयाँ अर्थनीतिले यो प्रयोग सुरु ग¥यो, यस वर्ष यस कार्यक्रमको अवधि र यसमा हुने लगानी पनि बढाइएको छ । (सम्भवत एक विदेशी कम्पनीले यसका लागि पैसा दिएको छ ।)

फेब्रुअरी १९९४ को २८ तारिख राति वित्तमन्त्रीले संसद्मा गरेको बजेट भाषणलाई सिधै टेलिभिजनबाट प्रशारण गरिएको थियो । भाषाको जटिलताका कारण निकै कम मानिसले बजेटमा उल्लेख भएका कुरा बुझ्न सक्छन्, धेरैजसो मानिस कोही अन्य व्यक्तिले यसको व्याख्या गरेर सुनाइदियोस् भन्ने प्रतिक्षामा हुन्छन् ।

अङ्ग्रेजी जानेका र बजेटबारे बुझेर अन्यलाई पनि बुझाउन चाहने व्यक्ति र समुह बजेटको व्याख्या तत्कालै सुन्न उत्सुक रहने गर्छन्, यस्तो समुहमा ओपिनियन मेकर्स अर्थात् व्यापारी, प्राध्यापक, लेखक, पत्रकार, राजनीतिज्ञ आदी पर्छन् । यस्ता मानिस झन्डै २ लाख होलान्, जसले झन्डै ५० लाख वा सायद १ करोड पढे–लेखेका मानिसहरुसम्म आफ्ना धारणा पु-याउँछन् । यी सबै मानिसहरु २८ फेब्रुअरीको रात साँझ ७ बजेदेखि १० बजेसम्म आफ्नो घरमा टेलिभिजन हेरिरहेका थिए । यसपटकको बजेट व्याख्या दुई किस्तामा झन्डै डेढ घण्टासम्म चल्यो र एक घण्टासम्म वित्तमन्त्री मनमोहन सिंहले प्रणय रायसँगै बसेर प्रश्नको जवाफ दिए ।

सवाल सचित्र आइरहेको थियो – लण्डन, हङकङ र न्युर्योकबाट, मुम्बई, कलकत्ता र बैंगलोरबाट ।  प्रणय रायले यस शोका लागि अनुमानित १० लाख रुपैयाँ लिएका हुनसक्छन् ।

अध्ययन, अनुशिलन र अनुसन्धानको कार्यक्षेत्र छाडेर प्रणय राय दूरदर्शनको कार्यक्रमका निर्माता बने । एक सामाजिक घटनाका रुपमा यसको महत्व यसकारण छ किनकी तिक्ष्ण बुद्धिका एक प्रगतिशील बुद्धिजीवीलाई आफ्नो मध्यमवर्गीय जीवन–स्तर निकै राम्रो हुँदाहुँदै पनि अध्ययन र अनुसन्धान छाड्न कुनै सङ्कोच भएन, अनि धेरै नाम तथा पैसा कमाउनका लागि उनी खुसी–खुसी दूरदर्शनमा एक तमाशगिर (यो एउटा मराठी शब्द हो, जसको अर्थ ‘शो म्यान’ भन्ने हुन्छ) बने ।

प्रणय राय दूरदर्शनको सेवा सुरु गर्नभन्दा पहिले दिल्लीमा अर्थशास्त्रको एक प्रसिद्ध अध्ययन र अनुसन्धानशालामा प्रोफेसर थिए, दिल्लीमा प्रोफेसरहरुलाई निकै राम्रो तलब मिल्छ ।

मलाई प्राप्त सही सूचनाअनुसार उनी केवल एक राम्रो विद्वान मात्रै थिएनन्, प्रगतिशील धारासँग पनि उनको घनिष्ठ सम्बन्ध थियो । उनका निबन्धहरुमा प्रगतिशील रुझान स्पष्ट देखिन्थ्यों ।

अध्ययन, अनुशिलन र अनुसन्धानको कार्यक्षेत्र छाडेर प्रणय राय दूरदर्शनको कार्यक्रमका निर्माता बने । एक सामाजिक घटनाका रुपमा यसको महत्व यसकारण छ किनकी तिक्ष्ण बुद्धिका एक प्रगतिशील बुद्धिजीवीलाई आफ्नो मध्यमवर्गीय जीवन–स्तर निकै राम्रो हुँदाहुँदै पनि अध्ययन र अनुसन्धान छाड्न कुनै सङ्कोच भएन, अनि धेरै नाम तथा पैसा कमाउनका लागि उनी खुसी–खुसी दूरदर्शनमा एक तमाशगिर (यो एउटा मराठी शब्द हो, जसको अर्थ ‘शो म्यान’ भन्ने हुन्छ) बने ।

२८ फेब्रअरीमा यो बजेट–दर्शन निकै कुशलतापूर्वक देखाइयो । एक ठूलो व्यापार–पत्रिकाका सम्पादकलाई सँगै राखेर बजेट छलफलका दौरान प्रणय रायले बजेटका मुख्य कुरा बताए ।

स्पष्ट छ कि यस सुरुवाती छलफलको उद्देश्य बजेट सम्बन्धी चर्चाका मुख्य बिन्दुहरुलाई तय गर्नु थियो र यो बिन्दु उदारीकरणको मान्यताबाट चिन्हित थियो । कार्यक्रममा प्रणयले पहिले ४–५ वटा मुख्य कुरा रेखाकिंत गरे, त्यसपछि पुरै कार्यक्रममा केवल यसैको मात्रै पुष्टि भइरहेको थियो । अत्याधिक घाटा, सीमा–शुल्कमा अत्याधिक छुट, अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण समयमै चुक्ता आदी विषय बजेट छलपलका मुख्य बुँदा थिए । सबै छलफल यी तीन–चार मुद्दामै केन्द्रीत रहे । जब देशका महानगरीय व्यवसायीहरुको पालो आयो, तब उनीहरुले पनि यही कुरालाई नम्रतापूर्वक राखे ।

मुम्बईको शेयर बजारबाट खबर आयो कि भाउ खस्किरहेको छ । तर किन ? किनकी व्यापारीहरुले ‘यसभन्दा पनि ठूलो’ बजेटको आशा राखेका थिए । तर, खासै ठूलो समस्याको कुरा छैन । बजेट ‘सही दिशा’ मै चलिरहेको छ । शेयर बजार केही दिनमा फेरि आफ्नै रफ्तारमा आउँछ । वित्तमन्त्रीले एक प्रश्नको जवाफ दिँदै ‘एकैरात सबै नहुने’ बताए । 

जब बजेट–कार्यक्रमको सारा समय अन्तर्राष्ट्रिय र महानगरीय व्यापारीहरुसँगको कुराकानीमै बित्यो, तब प्रणय राय (वा दूरदर्शन) लाई साधारण भुइँ मान्छे अर्थात् किसान, महिला, युवा र उपभोक्ता नागकिरसँग पनि बजेट सम्बन्धी कुराकानी देखाउनुपर्ने याद आयो, नत्र बजेट– कार्यक्रम सायद अधुरो हुन्छ भन्ने भयो ।

सुरुमा देशका महानगरका व्यवसायी, संगठनहरु आदीको प्रतिक्रिया दिइयो । तर जब वित्तमन्त्री आए, तब उनीसँग कुराकानी गर्न र प्रश्न सोध्नका लागि हाम्रो दूरदर्शनको ढोका विश्वका लागि खुलिदियो र बजेटको विश्वव्यापीकरण भयो ।

यो उदारीकरणको मान्यताबाट बजेटको समीक्षा थियो । एक किसानलाई देखाइयो, जो पाका थिए अनि बेलायती ढङ्गबाट सुट लगाएका थिए । उनले व्याकरणमा कुनै गल्ती नगरी अङ्ग्रेजी बोलिरहेका थिए अनि उनको उच्चारण पनि निकै राम्रो थियो ।

लण्डन, वासिङटन र हङकङमा बसेका विदेशी व्यापारीहरुले सिमा–शुल्का घटाउने वाचा पूरा गरेकोमा धन्यवाद् दिँदै मनमोहन सिहंलाई सोधे – यति घाटा किन राखेको ? विद्यमान राजकीय अनुदानहरुलाई समाप्त किन गरिएन ? घाटाको परिणामस्वरुप । मूल्य आदिको अस्थिरताका कारण विदेशी व्यापारीहरुको उत्साह के कम हुँदैन ?

सारा दुनियाँसामु ती विदेशी व्यापारीहरुले भारत सरकारको बजेटबारे भारतका वित्तमन्त्रीसँग यसरी प्रश्न सोध्नुको अर्थ हाम्रो बजेट धनी देशहरुका व्यापारीहरुप्रति पूर्ण रुपले जवाफदेही हुुनुपर्छ भन्नेबाहेक अरु हुनसक्दैन ।

यो उदारीकरणको मान्यताबाट बजेटको समीक्षा थियो । एक किसानलाई देखाइयो, जो पाका थिए अनि बेलायती ढङ्गबाट सुट लगाएका थिए । उनले व्याकरणमा कुनै गल्ती नगरी अङ्ग्रेजी बोलिरहेका थिए अनि उनको उच्चारण पनि निकै राम्रो थियो ।

यो दूरदर्शनमा नयाँ आर्थिक नीतिअन्तर्गतको किसानको छवि थियो । उनले केवल एक प्रश्न सोधे अनि मनमोह सिंहले जवाफ दिएपछि उनी शान्त भए । जब कार्यक्रम समाप्त हुन केवल एक–दुई मिनेट बाँकी थियो, तब हतारमा बैंगलोर महानगरको कुनै कार्यालयमा केही मानिसहरुलाई देखाइयो । (केही, सर्वसाधारण र उपभोक्ताहरुलाई पनि त देखाउनु थियो ।)

एक बेरोजगार युवकको हैसियतमा जसले बेरोजगारीबारे प्रश्न सोध्नु थियो, ती युवकले बेरोजगारीको नाम त लिए, तर प्रश्न यस्तो सोधे – ‘घाटाको बजेट देखाएर पुँजी लगानी गर्नेहरु हतोत्साहित भए भने रोजगार कसरी बढ्छ ?’

अन्त्यमा एक–दुई सेकेन्डमा एक महिलाले उपभोक्ताहरुसँग सम्बन्धित एक सवाल राखिन् र वित्तमन्त्रीको जवाफ पाएर सन्तुष्ट भइन् । उनलाई महिला र उपभोक्ता दुबैको भूमिकामा देखाएर प्रणय रायले पुरै समाजलाई आफुले बजेटसँग जोडेको र देशका सबै वर्गको प्रतिक्रिया आएको सोचे होलान् । जसरी इन्डिया टुडेका सम्पादकले केही महानगरका विद्यार्थीहरुसँगको कुराकानीको हवाला दिएर देशका युवा पिढींबारे एक खास तरिकाको निष्कर्ष निकाल्छन् अनि एक खास तरिकाले छवि प्रचार गर्ने कोसिस गर्छन्, ठिक त्यस्तै कोसिस दूरदर्शनमा प्रणय रायले गरिरहेका छन् ।

सर्वप्रथम,  हङकङ र अमेरिकाका व्यापारी, दोस्रो क्रममा मुम्बई र कलकत्ताका व्यापारिक संघ र शेयर बजार, तेस्रो क्रममा सुट–बुट लगाएका भूस्वामी र चौथो क्रममा महानगरका केही हदसम्मका हुने–खाने मानिस । बाँकी सबै मानिस र समुह बजेटका लागि बिलकुल अप्रासङ्गिक भए ? यदी हामीले प्रणय रायलाई एक नयाँ किसिमको बुद्धिजीवी वर्गका उदाउँदो प्रतिनिधिका रुपमा हे¥यौं भने यस प्रश्नको उत्तरमा आउनसक्छ, जनतासँग उनीहरुको लगाव समाप्त भइसकेको छ । 

हामीले यहाँ प्रणय रायलाई एक व्यक्तिका रुपमा होइन, एक सामाजिक घटनाका रुपमा देख्ने कोसिस गर्नुपर्छ किनकी प्रणय रायको वर्तमान भूमिका कुनै एक्लो दुर्घटना होइन । यसको निकै बढेको छ । एक मध्यवर्गीय प्रतिभाशाली बुद्धिजीवी, जो युवाकालमा प्रगतिशील विचारतर्फ झुकाव राख्थ्यों, दिल्लीको एक प्रतिष्ठित शिक्षा केन्द्रमा प्राध्यापक थियो । उसलाई तलबका रुपमा राम्रो पैसा मिल्थ्यो र ऊ आर्थिक रुपमा सुरक्षित थियो ।

बहुराष्ट्रिय कम्पनीहरु उसलाई धन दिएर उसको विद्धता प्रयोग गर्ने होडमा लाग्छन् । विकाउ माल हुँ भनेर उसलाई थाहा नदिनका ठूलो होशियारी प्रयोग गरिएको हुन्छ । त्यसैले, चमत्कारी ढंगले एक बौद्धिक कार्यमा लागिरहेको आभास हुनेगरी नै उसलाई काममा लगाइएको हुन्छ ।

आफ्नो प्रगतिशील रुझानका कारण उसले जनसाधारणसँग जोडिएको महसुस गरेको थियो, चार–पाँच वर्ष पहिले टेलिभिजनको माध्यमबाट एक नयाँ विज्ञापन संस्कृतिमा प्रवेश ग¥यो ।

देशको अर्थनीतिमा यस्तो परिवर्तन तेजसँग हुने देखिन्छ कि त्यो मध्यमवर्गीय, उच्चशिक्षित, मेधावी, प्रगतिशील, रुझान् भएको युवा बुद्धिजीवी अब मध्यमवर्गीय नभएर वर्षमा २५–३० लाख कमाउन सक्ने हुन्छ ।

टेलिभिजन र नयाँ अर्थनीतिको संयोगले उसलाई आफ्नो बजारीकरण गर्ने र प्रचुर धन हासिल गर्ने आकर्षण पैदा गरिदिन्छ । उ त्यसको पकडमा आउँछ र उसमाथि पैसा र आधुनिक मिडियाको जग्मगाहट हाबी हुन्छ ।

उसको सामाजिक लगाव छुट्छ । भारतका करोडौं सर्वसाधारण उसका लागि अप्रासंगिक हुन्छन् ।

बहुराष्ट्रिय कम्पनीहरु उसलाई धन दिएर उसको विद्धता प्रयोग गर्ने होडमा लाग्छन् । विकाउ माल हुँ भनेर उसलाई थाहा नदिनका ठूलो होशियारी प्रयोग गरिएको हुन्छ । त्यसैले, चमत्कारी ढंगले एक बौद्धिक कार्यमा लागिरहेको आभास हुनेगरी नै उसलाई काममा लगाइएको हुन्छ ।

उसले आफैंलाई खुसी भएर बेच्न सकोस् भन्नका लागि उसको कामको एक बौद्धिक छवि बन्न जरुरी छ । उसले आफैंबारे यस्तो धारणा बनाउने सकोस् कि देश अगाडि बढिरहेको छ ।

प्रणय रायको शैलीबाट देशलाई अगाडि बढाउनका लागि करोडौँ सर्वसाधारणलाई अप्रासंगिक मानेर देशका बारेमा सोच्नु जरुरी छ । नयाँ आर्थिक नीति तथा आधुनिक सञ्चारमाध्यमहरुको संयोगबाट एक नयाँ बुद्धिजीवी वर्गको उदय भइरहेको छ ।

यस वर्गको पहिलो क्रममा ती महानगरीय बुद्धिजीवी छन्, जो आफुलाई विज्ञापनको हिस्सा बनाउन र करोडौं सर्वसाधारणलाई अप्रासंगिक मान्न तयार भइसकेका छन् ।

 

(यो लेख पटनायकका लेखहरु समावेश पुस्तक ‘विकल्पहीन नही हैं दुनियाँ’ बाट साभार गरिएको हो ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.