शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीमा कोरोनाबाट थप एक जनाको मृत्यु, ३० संक्रमित थपिए

शनिबार, ०१ कात्तिक २०७७, १२ : २६
शनिबार, ०१ कात्तिक २०७७

पोखरा । कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा गत असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ  । 

यस्तै शनिबार, गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा  कोरोना संक्रमितको संख्या ५५७७ पुगेको छ  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी  प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमित थपिएका हुन् ।

सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितमध्ये बागलुङ जैमिनीका दुबैजना संक्रमित जिल्लाको कुस्मीशेरा आईसोलेसनमा बसेका छन्  भने अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप