अग्रपंक्तिमा खटिने साहसीहरुलाई सलाम, बन्यो गीत
कोभिड–१९ महामारीको कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिनेहरूको सम्मान स्वरुप युनाइटेट सिमेन्ट्सले एक म्युजिक भिडियो बनाएर सार्वजनिक गरेको छ ।
म्यूजिक भिडियोको एक मात्र लक्ष्य कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तिमा खटिने साहसीहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु रहेको बताइएको छ ।
अहिले कोभिड–१९ ले पुरा विश्व नै आक्रान्त पारेको अवस्थामा, यो गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले ब्यक्त गरेको छ ।
रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको सुमधूर स्वर, रचनाकार सन्तोष पौड्यालको कुशल लेखन, मोहित मुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन र अन्य थुप्रैको अथाह मेहेनतले युनाइटेड सिमेन्ट्सले यो म्यूजिक भिडियो सबै समक्ष ल्याउन सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे