बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षौँदेखि सिँचाइ योजना अलपत्र, पाइप व्यक्तिको  घरमा

शनिबार, ०१ कात्तिक २०७७, ११ : ४१
शनिबार, ०१ कात्तिक २०७७

गुल्मीको धुर्कोट गाउँपालिकास्थित पिलधारामा वर्षौँ अघि सुरु गरिएको सिँचाइ योजना अलपत्र परेको छ ।  गाउँपालिकाको वडा नम्वर २ पिपलधाराको बन्ज्याङ्ग सिँचाइ योजना अलपत्र परेको हो ।   साविक पिपलधारा गाविस वडा नम्वर ३ को बन्ज्याङ्ग गाउँका झण्डै सय घरधुरी जनताका लागि २०७०/०७१ सालतिर तत्कालिन सामुदायिक खानेपानी  तथा सरसफाई आयोजनाबाट त्यस गाउँका खिमबहादुर महतलले योजना पारेर झण्डै ३० लाख मूल्य बराबरको पाइप आफ्नो घरमा झारेका थिए ।

सिँचाईसँगै गाउँको खानेपानी समस्या समत समधान गर्ने उद्देश्यका साथ  उक्त योजना पारिए पनि हालसम्म सम्पन्न नहुँदा स्थानीयवासी  पुरानै खोला नालाको पानी पिउन बाध्य छन् ।  अहिलेसम्म पनि पाइप महतकै घरमा गोदाम बनाएर राखिएको छ ।

धुर्कोट गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक शिवबहादुर खत्रीले वर्षौँदेखि पाइप व्यक्तिको घरमा खेर गइरहेको प्रति ध्यान पुगेर  खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा पुगेर बुझ्दा केही विवरण फेला पार्न नसकिएको बताए ।

अब हामी खानेपानी डिभिजन कार्यालयसँग सहकार्य गरेर उक्त पाइप सोही गाउँमा सदुपयोग हुने गरी योजना पारिने उनले बताए ।  धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेले उक्त पाइपहरु  के गर्ने भन्ने विषयमा स्थानीयसँग र त्यस वडाका अध्यक्ष लगायत सँग छलफल गरेर टुङ्गो लगाइने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप