बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवरात्रिमा दुर्गा देवीको पूजाका लागि अत्यावश्यक तीन चीज

शनिबार, ०१ कात्तिक २०७७, १० : ०२
शनिबार, ०१ कात्तिक २०७७

एजेन्सी – नवरात्रि पर्वमा दुर्गामाताको पूजाआरधाना गरिन्छ । माता दुर्गालाई शक्ति र उर्जाको रुपमा लिइन्छ । जीवनमा सफलताका लागि उर्जा र शक्तिको विशेष भूमिका रहन्छ । नवरात्रिमा पूजाआरधना गर्दा दुर्गा माता प्रसन्न हुने र आर्शिवाद प्राप्त हुने मान्यता रहेको छ । 

विधिपूर्वक नवरात्रिको पूजाआरधना गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । नवरात्रिमा पूजा र व्रत गर्ने छुट्टै नियम रहेको छ । जुन दर्गा देवीलाई प्रसन्न गराउन सकिने पनि विश्वास गरिन्छ । जसको लागि तीन चीजको आवश्यकता पर्छ । 

रातो रंग
दुर्गाको पूजाका लागि रातो रंग निकै महत्त्वपूर्ण हुन्छ । नवरात्रिको पूजामा सर्वाधिक प्रयोग हुने रातो रंग दुर्गा देवीलाई धेरै मन पर्ने रंग भएको हिन्दुधर्ममा उल्लेख छ । त्यसैले घटस्थापना र माता स्थापना गर्नका लागि रातो रंगको कपडाले सजाउने गरिन्छ । यसका साथै रातो रंगको कपडा र सिन्दुरको टीका लगाइन्छ । 

रातो पछ्यौरा
नवरात्रिको पूजा आरम्भ गर्नुभन्दा पहिले दुर्गामातालाई रातो रंगको पछ्यौरा चढाइन्छ । परम्पराअनुसार दुर्गा मातालाई रातो पछ्यौरासँगै सिन्दुर वा श्रुंगारको सामाग्री, मेवा, फल, मिष्ठान्न, नरिवल जस्ता चीजहरु चढाउनुपर्छ ।

दीप प्रज्वलन 
नवरात्रिमा दीप प्रज्वलन हुनु विशेष महत्त्व रहन्छ । अखण्ड ज्योतिबाट घरलाई सकारात्मक उर्जा प्राप्त हुन्छ । र नकारात्मक उर्जा नाश हुन्छ । अखण्ड ज्योति बाल्दा पूर्ण स्वच्छताको ख्याल राख्नुपर्छ । ज्योति जलाउनका लािग पित्तल वा माटोको दीपक प्रयोग गर्ने र गाईको घ्यु हालेर ज्योती जलाउने गर्नुपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप