बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा कोरोना संक्रमणः ४६ जनाको मृत्यु, ४ हजार १ सय जना संक्रमित

शनिबार, ०१ कात्तिक २०७७, ०८ : १६
शनिबार, ०१ कात्तिक २०७७

भक्तपुर – कोरोना भाइरसको संक्रमणको कारणले शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा ३३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । 

संक्रमण हुनेमा २ हजार ३ सय ५० पुरुष र १ हजार ७ सय ५१ जना महिला रहेका छन् । 

अहिलेसम्म संक्रमित मध्ये २ हजार १ सय ३७ जनालाई कोरोना निको भइसकेको छ । जसमा १ हजार २ सय ११ जना पुरुष र ९ सय २६ जना महिला शुक्रबारसम्ममा कोरोना संक्रमण मुक्त भएका हुन् । 

भक्तपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९ सय १८ रहेको छ । संक्रिय संक्रमितमा १ हजार १ सय ६ जना पुरुष र ८ सय १२ जना महिला रहेको स्वास्थ्य कार्यालयले भक्तपुरले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप