प्याट कमिन्सको अर्धशतकमा कोलकताद्वारा मुम्बईलाई १ सय ४९ रनको लक्ष्य
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्ससामु ई १ सय ४९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन जोडेको हो । त्यसका लागि नवनियुक्त कप्तान ओईन मोर्गन र तीव्र गतिका बलर प्याट कमिन्सको उत्कृष्ट साझेदारी रह्यो ।
खराब सुरुवात गरेको कोलकातालाई कमिन्सले अविजित ५३ रनको योगदान दिए ।नवनियुक्त कप्तान मोर्गनले पनि ३९ रनको उत्कृष्ट कप्तानीपारी खेले ।
एक समय ११ ओभरमा ६१–५ को कमजोर अवस्थामा रहेको कोलकातालाई छैटौं विकेटका लागि मोर्गन र कमिन्सले ५६ बलमा ८७ रनको नटआउट साझेदारी गरेका थिए ।
ओपनर राहुल त्रिपाठी र नितेश राणाले दोहोरो अंक जोड्न सकेनन् । त्रिपाठीे ७ रनमा आउट हुँदा राणाले पनि ५ रन मात्र जाडे ।
यस्तै अर्का ओपनर सुभमन गिलले २१ रन जोडँदा दिनेश कार्तिक ४ रनमा बोल्ड आउट भएका थिए । त्यसपछि कोलकाता कमजोर अवस्थामा पुगेको थियो । आन्द्रे रसेल १२ रनमा क्याच आउट हुँदा कोलकाता ६१–५ को कमजोर अवस्थामा पुगेको थियो ।
यता मुम्बईका लागि स्पिनर राहुल चहरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । स्तै जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट र नाथन कुल्टर नाइलले एक एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु