बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो

शुक्रबार, ३० असोज २०७७, २१ : ०३
शुक्रबार, ३० असोज २०७७

दोलखालीलाई कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । दोलखा सदरमुकाम चरीकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।

विगतका वर्षमा रु १५ करोड २७ लाख ७४ हजार राजश्व उठाएकोमा यस आवमा ५० करोड भन्दा माथि  राजश्व उठाउने लक्ष्य रहेको कार्यालय प्रमुख रामकुमार  श्रेष्ठले बताए । 

दोलखाका १० हजार ३ सय ९ जना करदातालाई ६ सय कर बुझाउन रु ५ हजार खर्च गरेर काभ्रेपलाञ्चोकको धुलिखेल र भक्तपुर जानुपर्ने बाध्यता थियो । 

नेपाल सरकार, मन्त्रिपरिषदको २०७६ पुस २१ को निर्णय अनुसार जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि आफूहरु खुशी भएको दोलखा उद्योग बाणिज्य सङ्घका सदस्य दिनेश बस्नेतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप