शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा  ४६८ जना  सङक्रमित थपिए

शुक्रबार, ३० असोज २०७७, २० : १५
शुक्रबार, ३० असोज २०७७

प्रदेश नं। १ मा  पछिल्लो २४ घण्टाको अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेशकोसामाजिक विकास मन्त्रालयले जनाएको छ । 

विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई, भोजपुर र ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिरका १२ जनामा सङक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको  मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज २२१ जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ ।    हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप