शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी दबाव र प्रभावमा पर्नुहुन्न : मुख्यमन्त्री गुरुङ

शुक्रबार, ३० असोज २०७७, १९ : ११
शुक्रबार, ३० असोज २०७७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरीले दबाव र प्रभावमा नपरी जनताको सेवामा दत्तचित्त हुनपर्र्ने बताएका छन् । 

६५ औं प्रहरी दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलि एवम् सम्मान कार्यक्रममा उनले नेपाल प्रहरीले देश र जनताको सुरक्षामा स्थापना कालदेखि नै महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै जनताको सेवा प्रवाह गर्न इमान्दारिता र जिम्मेवारीबोधलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।


प्रदेशकाा आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री हरिबहादुर चुमानले प्रहरी सेवाको प्रभावकारिताको लागि साधन श्रोत सम्पन्न बनाउँदै प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख धनश्याम अर्यालले नेपाल प्रहरी आम नागरिकको जीउधन र अधिकारको रक्षामा अहोरात्र खटिदै आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप