बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘पठान’ मा शाहरुख र जोनको टक्कर

शुक्रबार, ३० असोज २०७७, १९ : ०९
शुक्रबार, ३० असोज २०७७

मुम्बई । बलिउडका किङ शाहरुख खान लामो समयपछि फिल्म ‘पठान’ मार्फत ठुलो पर्दामा देखिँदैछन् । एक्सन प्रदान यो फिल्ममा अभिनेता जोन अब्राहम पनि मुख्य भूमिकामा रहेका छन् । जोनले फिल्ममा भिलेनको भूमिका निर्बाह गर्न लागेका हुन् । फिल्ममा जोन र शाहरुखको दमदार टक्कर रहनेछ । यस अगाडि जोनले ‘धुम’ फिल्मको भिलेन भूमिकाबाट सबैको मन जितेका थिए । ‘पठान’ का लागि जोनले एक खास लुक्स समेत बनाएको बलिउड मिडियाले जनाएका छन् ।

‘बाटला हाउस’, ‘सत्यमेव जयते’ र ‘पोखरण’ जस्ता फिल्म अभिनय गरेका जोनको ‘पठान’ अभिनय पनि दमदार हुने अपेक्षा गरिएको छ । केही देशभक्ति र एक्सन फिल्म अभिनयबाट दर्शकको मन जित्न सफल समेत जोनले ‘पठान’ को भिलेन अभिनय समेत दर्शकले रुचाउने विश्वास लिएका छन् ।

फिल्ममा शाहरुख र जोनको अलवा दीपिका पादुकोण पनि मुख्य भूमिकामा रहने छिन् । फिल्ममा दीपिकाको पनि अहिलेसम्मकै फरक भूमिका रहने निर्माण युनिटले जनाएको छ ।  सिद्धार्थ आनन्दले निर्देशन गर्न लागेको यो फिल्म एक्सन प्रधान हुनेछ । यस अगाडि ‘बंैग बैंग’ र ‘वार’ जस्ता हिट फिल्म दिएका सिद्धार्थको यो फिल्म यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप